फिनल्यान्डको समुद्री तटमा कहाँबाट आए बरफका अन्डा ?

जनपत्र
२९ कार्तिक २०७६, शुक्रबार ०६:५६

फिनल्यान्डको एक समुद्री तटमा अन्डा आकारमा हजारौँ बर्फका गोला टुक्राहरु कौतुहलको विषय बनेका छन् । यसलाई मौसमको एउटा दुर्लभ घटना बताइएको छ । यी ‘बरफका अन्डा’को तस्वीर खिचेका थिए, रिस्टो मतिलाले । उनले आफूले यो तस्वीर फिनल्यान्ड र स्वीडेनको बोथनिया खाडीको हाइलोतो द्वीपमा खिचेको बताएकी छिन् ।

विशेषज्ञहरुले यसलाई एउटा दुर्लभ घटना भएका छन् । र, यो दुर्लभ प्रक्रियाका कारण बनेका पनि बताएका छन् । उनीहरुले बर्फका टुक्राहरु हावा र पानीसँग एक साथ मिल्दा यस्तो भएको जनाएका छन् । ओलु सहरकी मतिलो चाहिँ आफूले यस्तो पहिले कहिल्यै नदेखेको बताएका छिन् । ‘म पत्नीसँग त्यहाँ गएको थिएँ,’ उनले भनेका छन्, ‘त्यो दिन तापक्रम माइनस एक डिग्री सेल्सियस थियो । र, हावा पनि निकै चलेको थियो । त्यहाँ बरफका अन्डा निकै धेरै थिए ।’

लगभग ३० मिटर क्षेत्रमा यो फैलिएको र सबैभन्दा साना अन्डाको आकारका भए पनि ठूला बर्फ चाहिँ फुटबल जत्रा भएको उनले बताएका छन् । उनले आफूसँग क्यामेरा भएकाले यो अद्भूत घटना खिच्न पाएको बताएका छन् । यसअघि यस्तो घटना सिकागोमा र रुसमा पनि देखिएको थियो । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*