शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधिसभा
हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष सुन्तर पन्तको प्रमुख आतित्थ्यता रहेको थियो ।
उक्त अवसरमा संघका सचिब श्रीराम लुइँटेलले संघको प्रगति प्रतिवेदन र सचिब अर्थ धन बहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जन प्रसाद चौलागाई,महसमिति सदस्य दिनेश उपाध्याय,नेपाल शिक्षक मकवानपुरका सल्लाहाकार राम कुमार अधिकारी, संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौल, स्वेता कोइराला,रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तह अन्तर्गत शिक्षक संघका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट पालिका अन्तर्गत भिमफेदी गाउँ कार्यसमिति सङ्गै प्रावि, निमावि र मावि प्रधानाध्यापक तर्फ क्रमश थाहा नगरपालिका तर्फ कुमारी आसचन्द, बकैया गापा अन्तर्गत सिमोन आले मगर र मनहरी गापा तर्फ अर्जुन पण्डितलाई सम्मानित गरिएको थियो । त्यसैगरी प्रावि, निमावि र मावि विद्यालय तर्फ क्रमश कैलाश गापा स्थित सुन्दरी देवी प्रावि, राक्सिराङ्ग गापा स्थित वागेश्वरी आवि र हेटौँडा उपमहानगरपालिका स्थित निर्मल माविलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घ मकवानपुर कार्यालय सञ्चालानार्थ नगद सहयोग प्रदान गर्नुहुने शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुवासचन्द्र कडेल र शिक्षक महासंघ मकवानपुर निवर्तमान संस्थागत सहसचिव जनक घिताललाई कदर पत्र प्रदान गरिएको छ।







