मकवानपुरमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुलासा, परीक्षा दिन आउने र दिन पठाउने दुवै पक्राउ
जनपत्र
२० चैत्र २०८२, शुक्रबार १४:४३

मकवानपुर — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नक्कली परीक्षार्थीको घटना सार्वजनिक भएको छ । शुक्रबार बिहान करिब ८ बजे हेटौंडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुली मरिन गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत अन्दाजी १७/१८ वर्षका विराज विक रहेका छन् । उनले अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धान गर्दा उनले हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने अन्दाजी १९ वर्षका अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरेको पाइएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*