भीमफेदीमा हाईस दुर्घटना, ३ जना घाइते

जनपत्र
१४ चैत्र २०८२, शनिबार १७:१७

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार  बिहान करिब ११:२० बजेको समयमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक प्रेम तामाङको कमाण्डमा ट्राफिकसहित ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

गाडीमा चालकसहित १० जना सवार रहेका थिए। तीमध्ये ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य यात्रुहरू सामान्य घाइते भई आफैं उपचारका लागि गएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*