उड्न लागेको प्लेनबाट फर्काइएका राजेशपायल दुबई पुगे

जनपत्र
१६ असार २०८१, शनिबार ०५:५६

चर्चित गायक राजेशपायल राई दुबई पुगेका छन् । शनिबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार दुबई पुगेका हुन् ।

कार्यक्रमका लागि राई बिहीबार नै दुबई जान प्लेनमा बसेका थिए । उड्नै लागेको जहाजमा अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका कारण उनलाई फर्काइएको थियो ।
विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको थियो । यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए ।

राईको दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा कार्यक्रम रहेको छ । कार्यक्रममा उनले नयाँ तथा पुराना गरेर ३० बढी गीत प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*