वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा

जनपत्र
११ असार २०८१, सोमबार ११:०३

अमेरिका – दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन : खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

वेष्टइण्डिजका रोश्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । रोश्टन चेशले ४२ बलमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*