यो हो विश्वको सबैभन्दा अग्लो साइकल

जनपत्र
११ असार २०८१, सोमबार ०७:४६

फ्रान्सका दुई जना साइकलप्रेमीले गिनिज बुकमा नाम लेखाएका छन् । निकोलास बारियोज र डेभिड पेरोउले ७ दशमलव ७७ मिटर (२५ फिट ५ इन्च) अग्लो चलाउन मिल्ने साइकल बनाएका छन् ।

५ वर्ष अघि पबमा रक्सी खाइरहेका समयमा दुईले सो साइकल बनाउने विचार गरेका थिए । सो साइकल बनाउन दुवैले महिनौँ खर्च गरे । धातुको अलोई, स्टिल, काठले चलाउन मिल्ने सो अनौठो साइकल बनाउन उनीहरू सयौँ घण्टा खर्च गरेका थिए

तर २५ फिट अग्लो को चढ्न मिल्ने साइकल बनाउनु साइकल चढ्नु जस्तो सजिलो त पक्कै थिएन । पेडललाई १६ मिटर (५३ फिट) लामो चेनसँग जोडिएको छ । साइकल अति नै अग्लो भएकोले यसलाई लड्न नदिन प्रतिघण्टा १५ देखि २० किमीको गतिमा दौडाउनु पर्छ ।

डेभिड र निकोलासले यो बाइक बनाउन २ वर्ष लगाएका थिए । यसलाई क्लेर्मन्ट–फेर्रान्ड सहरमा साइकल पर्वमा प्रदर्शनमा राखियो । साइकल चलाउन सकिन्छ भन्ने प्रमाणित गर्न डेभिडले निकोलसको सहयोग बिना सय मिटरको दुरीसम्म साइकल गुडाएर देखाएका थिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*