राहुलले रोजे रायबरेली, वायनाडमा प्रियंका चुनाव लड्ने

जनपत्र
५ असार २०८१, मंगलवार १५:५९

भारतीय कंग्रेसका नेता राहुल गान्धीले रायबेरली क्षेत्र रोजेका छन् । उनले छाडेको वायनाडमा उनकी बहिनी प्रियंका गान्धी चुनाव लड्ने भएकी छन् ।

हालै सम्पन्न लोकसभा चुनावमा राहुलले रायबेरली र वायनाड दुई क्षेत्रबाट चुनाव जितेका थिए ।

भारतीय कानुनअनुसार दुई क्षेत्रबाट जित्नेले एउटा छाड्नुपर्छ । त्यसअनुसार कंग्रेसले राहुललाई रायबेरलीलाई निरन्तरता दिन र वायनाड छाड्न भनेको अध्यक्ष मालिकार्जुन खड्गेले बताए ।

वायनाडमा हुने उपचुनावमा राहुलकै बहिनी प्रियंका चुनाव लड्नेछिन् । लोकसभा चुनावमा उनी उम्मेदवार बनेकी थिइनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*