कति इजरायली बन्दी जीवित छन् भन्ने हमासलाई पनि छैन थाहा

जनपत्र
१ असार २०८१, शुक्रबार १५:१७

गाजामा हमासको कब्जामा करिब १२० जना इजरायली बन्दी रहेको अनुमान गरिएको छ ।

यी बन्दीहरूको भविष्य इजरायल र हमासबीचको रक्तपातपूर्ण युद्ध अन्त्यका लागि हुने कुनै पनि सम्झौताका लागि महत्त्वपूर्ण छ । तर हमासका एक शीर्ष अधिकारीले भने कसैलाई पनि इजरायलबाट बन्धक बनाएर ल्याएका मध्ये कति जना बन्दी अब जिउँदो छन् भन्ने थाहा नभएको बताएका छन् ।

यी बन्दीहरूलाई रिहा गर्ने सर्तसहितको कुनै पनि सम्झौतामा स्थायी युद्ध विराम र गाजाबाट इजरायली सेना पूरै फिर्ता गर्नु पर्ने बुँदा समावेश गर्नु पर्ने हमासका प्रवक्ता तथा राजनीतिक विभागका सदस्य ओबामा हमदानले भनेका छन् ।

वार्ताको साँचो हमासको हातमा रहेको अमेरिकाको विश्वास छ । अमेरिकाले इजरायलमाथि पनि युद्ध विरामको प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको छ । युद्ध विरामको मामिलामा मोल मलाई रोक्नै पर्छ भनेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले बिहीबार बताएका थिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*