काठमाण्डौ महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार ११:१०

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहल र खेलकुद मन्त्रालयको सहयोगमा आज राति हुने नेपाल र नेदरल्याण्डस्को खेल ठूलो एलईडी स्क्रिनमा निःशुल्क देखाउन लागिएको हो ।

यसैबीच, खेल शुरु हुनुअघि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतका कलाकारले साङ्गीतिक प्रस्तुति समेत दिने महानगरले जनाएको छ । यसका लागि बेलुका ५ बजेदेखि टुँडिखेलमा छिर्न पाईने व्यवस्था छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति सवा ९ बजे शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*