जब जापानी चिडियाखानाको भाले जलगैंडा ७ वर्षपछि पोथी निस्कियो…
जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ ।
१२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो । जसबाट उक्त जलगैंडा पोथी भएको पुष्टि भएको हो ।
उक्त हिप्पोलाई सन् २०१७ मा मेक्सिकोबाट ओसाकास्थित ओसाका तेन्नोजी चिडियाखानामा ल्याइएको थियो । उक्त जलगैंडालाई ल्याउने बेलामा त्यसको भन्सारका कागजमा भाले भएको उल्लेख थियो ।
सोही कारणले गर्दा हालसम्म त्यो भाले जलगैंडा नै रहेको ठानिएको थियो । तर, डिएनए परीक्षणले त्यसलाई पोथी पुष्टि गरिदिएको चिडियाखानाले जनाएको छ ।






