कविता – बा ! कस्तो विडम्बना यो

जनपत्र
९ चैत्र २०८०, शुक्रबार ०७:००

म सानो छदा मेरा बा भन्नुहुन्थ्यो
छोरा तँ नभए घर सुनसान हुन्छ
आज एकाएक लाहुुर पुग्ने सपना
अरब कतारको ढोका खुला
देख्ने निर्दयी छोराहरु
आज त गाँउभरि
महामारी फैलिएछ सुन्दैछु
पर्सितिर आईपुग्छन रे डाक्टरहरू
आज फैलिएको महामारीको विकल्पमा
बुढेसकालले छोएपछि मेरा बा
मदिरासँगको संगत,भट्टीकै वास
चाडवाडमा छोराहरुको प्रत्तिक्षा
कस्तो विडम्बना! बा तिम्रा छोराहरु गाउँ
बिर्सदैछन
गाउँगाउँमा पुग्ने योजनाको कुरा छाड
मुग्लान छिरेका छोराहरु गाउँ फर्काउनु छ
किनकि
गाउँका संस्कार र परम्परा भुलिसके
शहरीया छोराहरुले
बूढो बा को सपना कहिले पूरा गर्छौ त ए छोराहरू
बा दौलत कमाउनु भन्दा पहिले त तिम्रा छोराहरुले
सोच्नुपर्ने तिम्रो मलाम जानेभेटिएलान्?
मक्कीएको बलो र ठुटे हलो सिवाय
मेरो बा को सम्पत्ति केहि रहेन रे
सिस्नु र कर्कलो सगै हर साँझ मेरा बा
भक्कानिदैछन्
फर्किआउछु धेरै धन ल्याँउछु
भन्थ्यो छोरा त शहरको भिड मै छोरा हराउदैछ
घर छोडिजाने छोरो धन सग मिल्दैछ
कहिल्यै भोको र रोको देख्न नसक्ने मेरा बा आज
आफै भोकाउदै रोको पाए मेरा बा।

लेखक ✍️रामकुमार श्रेष्ठ ‘फुच्चे’
मध्यनेपाल न पा – ३ सुर्यपाल,लमजुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*