तिमीलाई थाहा मात्र छ भने…

जनपत्र
२६ मंसिर २०८०, मंगलवार ०७:३९

सोचेकी छु तिमीलाई सबै थाहा छ
तिमीलाई थाहा मात्र हैन
अनुभव पनि छ
कसरी मेरो हृदय तिम्रो लागि पर्याप्त छ
यदि तिमीले मात्र देख्छौ भने
तिमीले आशाको उज्यालो सपना देख्ने छौ
तिमी नै हौ मेरो समयको मालिक
तिमी नै हो मेरो सर्वोच्च शासक
रातको अँध्यारोमा चन्द्रमाको प्रतिमा
दिनको चिसो बतासमा सूर्यको न्यानो किरण
मैले तिम्रो बारेमा मात्र सोचेको छु
तिमीलाई नयाँ दिनमा आऊ भनेको त तिमी मरुभूमि पुगेछौ
म यस संसारबाट टाढा जान्छु पनि भनेनौँ
म पनी खुसीले फेरि कहिल्यै जमिन छुने छैन
तिमीलाई थाहा मात्र नभएको होला ।

तिमी समय नाप्न खोज्छौ भने
मात्र अनुमान गर र समय बोल
तिमी बोल्दा म तिम्रो आवाज देख्थेँ
तिम्रो पाइलामा प्रेमको रङ भर्थें
तिम्रो आवाज चाखेर म मात्थेँ
शिवले भाङ खाए झै ताण्डब नाच्थेँ प्रेमको
मेरो खुसीको कुञ्जी तिमीले मरभूमिमा के देख्यौ ?
सीताले आशोकको रूखमुनि बसे झैँ
तिम्रो अनुपस्थिति कस्तो होला ?
समयलाई निको पार्ने शक्ति बटुलेको छु
मभित्रका समयका सबै घाउहरू सफा गरेको छु
तिमीले मलाई त्याग्यौ, पीडा दियौ
बाटोमा उभिएको छु
मन्दिर जाने यात्रीहरू हेरेर
अब केही आशा छैन समयको
तिमीलाई थाहा मात्र भएको भए तर… ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*