सन्नी देओललाई लिएर आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्ने

जनपत्र
१७ आश्विन २०८०, बुधबार १०:३९

काठमाडौं । बलिउड अभिनेता आमिर खानले नयाँ फिल्मका लागि अर्का अभिनेता सन्नी देओलसँग हात मिलाएका छन् । जसअनुसार अब आमिरले सन्नी देओल स्टारर फिल्म ‘लाहोर १९४७’ निर्माण गर्नेछन् ।

यो फिल्मलाई ९० को दशकका चर्चित निर्देशक राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् । आमिर खान प्रोडक्सनले मंगलबार अक्टोबर ३ मा फिल्मको घोषणा गरेको हो ।

बलिउडमा सन्नी र राजकुमार सन्तोषीको मित्रतालाई खास मानिन्छ । सन्तोषीले सन्नीलाई घायल, घटक र दामिनी जस्ता सुपरहिट फिल्ममा निर्देशन गरेका छन् । यी तीन फिल्ममा सन्नीको भूमिका निकै रुचाइएको थियो ।

फिल्मको घोषणा गर्दै आमिर खान प्रोडक्सनले भनेको छ, ‘म, सन्नी देओल र राजकुमार सन्तोषीले फिल्म लाहोर, १९४७ को लागि हात मिलाएको घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई आशा छ, यो यात्रा अद्भूत छ । हामीलाई तपाईंको प्रार्थना चाहिन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*