१२ वर्षपछि फिल्मी दुनियाँमा फर्किदै शिल्पा सेठ्ठी
बलिउड अभिनेत्री शिल्पा सेठ्ठी लामो समयपछि ठूलो पर्दाको चलचित्रमार्फत दर्शकमाझ आउने भएकी छन्।उनले आफ्नो आगामी चलचित्रको सेटको फोटो शेयर गर्दै उक्त कुराको जानकारी गराएकी हुन्। इन्टाग्राममा फोटो शेयर गर्दै शिल्पाले लेखेकी छन्, ‘म आफ्नो नयाँ चलचित्रको घोषणा गर्न पाउँदा खुशी छु। चलचित्र ‘निकम्मा’ मार्फत १२ वर्षपछि फिल्मी दुनियाँमा कमब्याक गर्दैछु।’
चलचित्रमा शिल्पासहित अभिमन्यू दसानी र युट्यूव स्टार शर्ली सेठियाको पनि मुख्य भूमिका रहनेछ। अभिमन्यू अभिनेत्री भाग्यश्रीका छोरा हुन्। यो उनको दोस्रो चलचित्र हो। शिल्पा पछिल्लाे पटक १२ वर्षअघि सन् २००७ मा आएको चलचित्र ‘अपने’मा देखिएकी थिइन्। यसबीचमा उनी टेलिभिजन रियालिटी शोहरुमा व्यस्त थिइन्।







