आक्रमणमा बचेका दुलाहा भन्छन्– अब मेरो जीवनमा खुसी फर्किँदैन

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:३३

अफगानिस्तानमा आफ्नो वैवाहिक कार्यक्रममा बम विस्फोट हुँदा ६३ जनाको निधन भएको घटनाका दुलाहाले उक्त आक्रमणपछि आफूले आशा गुमाएको जनाएका छन् ।  एउटा टीभी अन्तर्वार्तामा मिर्वाइस इल्मी नामका ती दुलाहाले उनकी दुलही बचे पनि उनका दाजु र अन्य आफन्त समेत ६३ जनाको मृत्यु भएको जनाएका छन् । शनिबार राति सो आत्मघाती विस्फोट हुँदा १८० भन्दा बढी मानिस घाइते भएका थिए ।

इश्लामिक स्टेट समूहले उक्त विस्फोट गराएको स्वीकार गरेको छ । राष्ट्रपति अस्रफ घानीले सो आक्रमणलाई कायरतापूर्ण भएको बताएका छन् । उनले तालिवान समूहलाई आतंककारीलाई प्लेटफर्म दिएको आरोप समेत लगाएका छन् ।  उनले आफ्नो परिवार, आफ्नी दुलही सबै स्तब्ध रहेको जनाउँदै उनीहरु बोल्न नसक्ने अवस्थामा रहेको र दुलही बेहोस हुने अवस्था रहेको जनाएका छन् ।

उनले भनेका छन्,‘‘मैले आशा गुमाए । मैले मेरो दाजु गुमाएँ । मैले मेरा साथीहरु गुमाएँ । मैले अब मेरो जीवनमा कहिल्यै पनि खुसी देख्ने छैन ।’’ आफू कमजोर भएका कारण अन्त्येष्टीमा जान सक्ने अवस्थामा पनि नरहेको समेत उनले जनाएका छन् । दुलहीका बाबुले जनाएअनुसार उनको परिवारका १४ जना सदस्यको सो घटनामा मृत्यु भएको थियो । (बीबीसी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*