मिस इङ्ल्याण्डको फाइनलमा नेपाली चेली, जिताउन लागिपरे नेपाली समूदाय

जनपत्र
५ श्रावण २०७६, आईतवार ०६:२८

मिस इङ्ल्याण्डको फाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठा राउतलाई जिताउन बेलायतबासी नेपाली समुदाय कम्मर कसेर लागिपरेका छन् । उनको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले शुक्रबार लन्डनको हयारोमा च्यारिटी डिनर आयोजना गरिएको छ ।

सो च्यारिटीबाट करीब १० हजार पाउण्ड संकलन भएको च्यारिटीका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए । कार्यक्रममा उनले प्रतिष्ठा साँच्चै नै नेपाल र नेपालीको लागि ‘प्रतिष्ठा’ भएको उल्लेख गर्दै सहयोग गर्न आह्वान गरेका थिए । जसअनुसार एनआरएन मध्यपूर्व संयोजक आरसी शर्मा, एसिया प्यासिफिक रिजनल डेपुटी अर्डिनेटर बिमल कुँवर, क्षेत्री समाज युकेका पदाधिकारीसहित उपस्थित व्यक्तित्वहरुले प्रतिष्ठाको लागि सहयोगको घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*