जापानलाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलकाे सेमिफाइनलमा

जनपत्र
२६ श्रावण २०८०, शुक्रबार १६:५१

unn.prixa.net

काठमाण्डाै – जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।

आज शुक्रवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे क्वाटरफाइनल खेलमा सन् २०११ काे च्याम्पियन जापानलाई २–१ गाेलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेकाे हाे । स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गाेल गरिन् । जापानका लागि हाेनाेका हयाशीले १ गाेल फर्काइन् । जापानले खेलकाे ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गाेल गर्न सकेन ।

यस्तै आज बिहान भएकाे पहिलाे क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गाेलले हराउँदै स्पेन पहिलाे पटक सेमिफाइनलमा पुगेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*