५ मिनेटमा २ गाेल गर्दै अर्जेन्टिनाकाे राेमाञ्चक बराबरी

जनपत्र
१२ श्रावण २०८०, शुक्रबार १०:१५

unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाले राेमाञ्चक बराबरी खेलेका छन् ।

आज शुक्रवार बिहान न्युजिल्यान्डकाे फाेर्सिथ बार स्टेडियममा भएकाे खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गाेलकाे राेमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा दक्षिण अफ्रिकाले २ गाेलकाे अग्रता लिएकाे थियाे । तर अर्जेन्टिनाले ५ मिनेटकाे अन्तरमा २ गाेल गर्दै खेल बराबरीमा ल्याउन सफल भयाे ।

दक्षिण अफ्रिकाका लागि लिन्डा माेत्हलाेले खेलकाे ३० औँ र थेम्बी केगटलानाले ६६ औँ मिनेटमा गाेल गरिन् । अर्जेन्टिनाका लागि साेफिया ब्राउनले ७४ औँ र राेमिना नुनेजले ७९ औँ मिनेटमा गाेल गरिन् ।

याे बराबरीसँगै दक्षिण अफ्रिका २ खेलमा १ अङ्कसहित समूह ‘जी’ काे तेस्राे स्थानमा छ । अर्जेन्टिना उति नै खेलमा समान अङ्कसहित चाैथाे स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*