महिला विश्वकपमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गाेलले हरायाे

जनपत्र
५ श्रावण २०८०, शुक्रबार १४:५१

unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराएकाे छ ।

आज शुक्रवार न्युजिल्यान्डकाे फरसिथ बार स्टेडियममा भएकाे खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गाेलले हरायाे । स्विट्जरल्यान्डका लागि खेलकाे ४५ औँ मिनेटमा राेमानाे बाचमानले पेनाल्टीमार्फत गाेल गरिन् । यस्तै खेलकाे ६४ औँ मिनेटमा सेरिना सेभेरिन पिउबेलले ६४ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे स्विट्जरल्यान्डले ३ अङ्क जाेडेकाे छ ।

यसअघि आजै भएकाे अर्काे खेलमा समूह ‘बी’ नाइजेरिया र क्यानडाले गाेलरहित बराबरी खेलेका छन् । यस्तै अहिले समूह ‘सी’ काे स्पेन र काेस्टारिकाबीच खेल भइरहेकाे छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*