कतारमा चितवनका विनोद रानाभाटलाई मृत्युदण्ड नदिइएको पुष्टि !

भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले बताएको छ ।रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ ।‘आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो ।
सामाजिक सञ्जालमा उनलाई मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो। दूता वासले त्यस्तो फैसला नभएको जनाएको हो ।बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो ।