पत्रकार बस्नेतमाथि सांघातिक हमला, टाउकोमा गम्भीर चोट

जनपत्र
६ असार २०७६, शुक्रबार १८:०२

पत्रकार दिनेश बस्नेतमाथि सांघातिक हमला भएको बताइएको छ । सल्लेरी खबरडटकमका समाचार सम्पादक दिनेश बस्नेतमाथि समाचार संकलनको क्रममा भक्तपुरको लोकन्थलीमा सांघातिक हमला भएको अनलाईनका प्रबन्धक सुदर्शन बुढाथोकीले बताएका हुन् । बुढाथोकीले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएका हुन् । साथै उनले घटनाको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

असार ५ गते समाचार संकलनका क्रममा बस्नेतमाथि स्थानीय एक समूहले सांघातिक हमला गरेको बताइएको छ । आक्रमणबाट बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ । साथै शरीरका अन्य भागमा पनि चाेट लागेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*