पुलवामामा भारतीय सेनाको क्याम्पमा फेरि आक्रमण

जनपत्र
३ असार २०७६, मंगलवार ०६:४३

जम्मू-कश्मिरको पुलवामा जिल्लामा आतङ्ककारी हमलाले एक पटक सुरक्षाबललाई निशाना बनाउँदै हमलाको कोशिस गरेका छन् । पुलवामाका अरिहल गाउँमा सेनाको राष्ट्रिय राइफल्सको एक वाहनमा आईईडीको हमला गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेनाबाट प्राप्त जानकारी अनुसार, सोमवार साँझ सेनाको ४४ राष्ट्रिय राइफल्सको एक वाहन पुलवामाको अरिहल गाउँमा स्थित ईदगाहबाट हिँडिरहेको थियो । यही क्रममा आतंककारीहरुले यसमा आईईडीको रुपमा हमलाको कोशिस गरेका छन् । हमलामा सेनाको वाहन क्षतिग्रस्त भएको छ । केही जवान आंशिक रूपले घाइते भएका छन् । घटनापछि सेना र पुलिसले मिलेर यस हमलाको जाँच शुरू भएको छ ।

पुलवामामा सीआरपीएफ काफिलमा भएको थियो हमला 
यसले पहिले समेत पुलवामामा १४ फेव्रुअरी २०१९ मा आतंककारी सीआरपीएफको एक काफिललाई उडाउने प्रयास भएको थियो । १४ फेब्रुअरीको यस घटनामा आतंककारी सीआरपीएफको एक काफिलेमा शामेल वाहनलाई उडाइदिएका थिए । यस घटनामा हमलामा ४० सुरक्षाकर्मी शहीद भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*