पानी लिएको आरोपमा हत्या !

भारतको दक्षिणी राज्य तमिलनाडुमा पानीको संकट बढ्दै गइरहेको छ । पानीका स्रोत सुखा भएका छन् भने मनसुन अझै आइसकेको छैन । पानीको संकट यति जटिल भएको छ कि चेन्नई शहरका कैयौ क्षेत्रमा पानीलाई लिएर झडप उत्पन्न भएको छ । कतिपय क्षेत्रमा मानिसहरुले ७–८ किमी सम्म पानी लिन जानु परिरहेको छ ।हालत यति सम्म अप्ठेरो भइरहेको छ कि शहरका रेस्टुरेन्ट तथा आइटी कम्पनीको काम समेत प्रभावित भइरहेको छ । चेन्नईमा ६५ प्रतिशत रेस्टुरेन्ट पानीका कारण संकटमा परेका छन् ।
होटल मालिकहरुको एशोसिएसनले जनाएअनुसार पानी यति धेरै महंगो भएको छ कि यसले होटलको व्यवसाय प्रभावित भइरहेको छ । यो संकट चेन्नईमा मात्रै होइन केही दिन अघि नै तमिलनाडुको थ्रजाबुरमा सार्वजनिक टैंकीमा भएको सिमित पानी लिएको आरोपमा आनन्द बाबु नामका एक व्यक्तिको हत्या समेत भएको थियो । (बीबीसी)