नझुक्किनुस्, एडिडासले भाइबरबाट सित्तैमा जुत्ता बाँडन लागेको हैन

जनपत्र
२ असार २०७६, सोमबार ०६:२२

आजभोलि भाइबर वा ह्वाटस एप लगायतमा ग्रुप मेसेजिङ सर्भिसमा एडिडासले फ्रीमा जुत्ता बाँड्न लागेको भन्दै मेसेजहरु पठाउने क्रम बढेको छ। के साँच्चिकै एडिडासले जुत्ता बाँड्न लागेको हो त? साँचो हो हैन पत्ता नलगाई मान्छेहरु धमाधम यस्ता मेसेजहरु फरवार्ड गर्दैछन्। जसले गर्दा यो मेसेज अझ फैलिन सहयोग पुगेको छ। के रहेछ त यसको वास्तविकता?

एडिडास जुत्ता कम्पनीको स्थापना Gebrüder Dassler Schuhfabrik नामबाट ९४ वर्षअघि जुलाई १९२४ मा भएको हो। एडिडास नामबाट यो कम्पनीको नाम रहेको चाहिँ ६९ वर्ष मात्रै भयो। मेसेजमा ९५ औँ वार्षिकोत्सव भनेर राखिएको सही हो। अब जुलाई महिनामा सुरुको कम्पनी ९५ वर्ष पुग्दैछ। तर कम्पनीले सित्तैमा जुत्ता बाँड्न लागेको भने हैन।

यस्तै खालको फेक मेसेजहरु भारत र बेलायतमा पनि फैलिएको देखियो। भारतमा गत वर्ष ह्वाट्स एपमा यस्तो फेक मेसेज भाइरल भएको थियो। भारतको न्युज १८ र टाइम्स अफ इन्डियाले समेत यो फेक मेसेज हो भनी समाचार बनाएको पाइयो।

बेलायतको मेट्रो न्युजले त एडिडास साउथ अफ्रिकाका पिआर मेनेजर लाउरेन हाकमानसित कुरा समेत गरेको छ। उनले भनेका छन्, सर्वसाधारणहरु सावधान हुनुस्, यो निश्चित रुपमा हल्लामात्र हो। तपाईँहरु पनि जुत्ता र टिसर्ट पाउने लोभमा यस्ता लिङ्कहरुमा क्लिक नगर्नुस्। यिनीहरुले तपाईँको व्यक्तिगत जानकारी लिने मात्र हैन, पैसा पठाइदेऊ भन्दै ठगी गर्न सक्छन्। आफू पनि सावधान हुनुस् र अरुलाई पनि सावधान हुन सिकाउनुस्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*