नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय श्रृङ्खला हुँदै

जनपत्र
२३ बैशाख २०७९, शुक्रबार ११:२७

काठमाण्डाै – नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय श्रृङ्खला वर्षाका कारण प्रभावित भएपछि खेल तालिका परिवर्तन गरिएको थियो ।

एक दिवसीय श्रृङ्खलाका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा फरक टोली घोषणा गरेको छ । टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी रहेका छन् ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी–२० श्रृङ्खला भने बराबरी भएको छ । तीन टी–२० श्रृङ्खलामा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ८ विकेटले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*