अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो

जनपत्र
१ असार २०७६, आईतवार ०६:२२

एजेन्सी । उपाधि दाबेदारको रुपमा रहेको अष्ट्रेलिया जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लन सफल भएको हो । पाँच खेल खेलेको अष्ट्रेलियाले ८ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

दी ओभलमा अष्ट्रेलियाले दिएको ३३५ रनको विशाल लक्ष्य पछा्उनले क्रममा श्रीलंकाले ४५ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै मात्र २४७ रन बनाउँन सक्यो ।  श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने र कुसल परेराले अर्धशतकीय पारी खेले । शतक बनाउँनबाट मात्र तीन रनले चुकेका करुणारत्नेले १०८ बलमा ९ चौकाको सहयोगमा रन बनाए । त्यस्तै ३६ बल खेलेका कुशलले ५ चौका र १ छक्काको सहयोगमा ५२ रन जोडे । श्रीलंकाका लागि कुशल मेन्डिस ३० रन जोड्दा लाहिरु थिरिमान १६ र धनन्जय डि शिल्भाले १६ रनको योगदान गरे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचल स्टाकले सर्वाधिक चार विकेट लिए । त्यस्तै केने झाए रिचार्डसनले तीन विकेट लिँदा प्याट कमिन्स दुई र जेसन बेरेनड्रफले समान एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन पूरा र्गयो ।  अष्ट्रेलियाका  लागि कप्तान फिँचले शतकीय पारी खेले । १३२ बल खेलेका उनले १५ चौका र ५ छक्काको सहयोगमा १५३ रन पूरा गर्दै शतक बनाउँन सफल भए । एकदिवसीय क्रिकेटमा फिँचको यो १४ औँ शतक हो ।

त्यस्तै स्टिभ स्मिथले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ७३ रनको योगदान गरे । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेल ४६ रन बनाउँदा डेभिड वार्नरले २६ रनको योगदान गरे ।  बलिङतर्फ श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उदनाले समान दुई–दुई विकेट लिए । त्यस्तै लासिथ मालिंगाले एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*