बंगालमा १ सय ७५ चिकित्सकले दिए सामूहिक राजीनामा

जनपत्र
३२ जेष्ठ २०७६, शनिबार ०६:४४

एजेन्सी– भारतीय मेडिकल एसोसियसनले १४ जुनदेखि भारतभर विरोध प्रदर्शन सुरु गरेको कार्यक्रमलाई थप संघर्षका साथ अगाडि बढाउने भएको छ । उसले १७ जुनदेखि देशभर हड्ताल गर्न चिकित्सकहरुलाई आह्वान गरेको छ । एसोसियसनले अस्पतालमा चिकित्सकविरुद्ध हुने हिंसाको जाँच गर्न कानुन बनाउने माग गर्दै यो हड्ताल आह्वान गरेको हो । एसोसियसनले यसलाई उल्लघंन गर्नेलाई कम्तिमा पनि सात वर्षको जेल सजाय हुनु पर्ने जनाएको छ ।
यो हड्ताल सुरु भएपछि पश्चिम बंगालका विभिन्न अस्पतालबाट ३ सय चिकित्सकले राजीनामा दिइसकेका छन् । तीमध्ये कोलकाताको एसएसकेएम अस्पतालका १ सय ७५ चिकित्सकहरुले सामुहिक राजीनामा दिएका छन् । चिकित्सकहरुले बंगालमा मुख्यमन्त्री ममता बनर्जीसँग ६ विभिन्न बुँदामा माग राखेका छन् । यसमध्ये उनीहरुको मुख्य माग चिकित्सकविरुद्धको बनर्जीको बयान कुनै सर्तविना फिर्ता हुनु पर्ने रहेको छ । उनीहरुले अस्पतालमा सशस्त्र प्रहरी हुनुपर्ने, चिकित्सकमाथि आक्रमण गर्नेलाई सजाय हुनुपर्ने लगायतका माग राखेका छन् ।

११ जुनमा बंगालको एक मेडिकल कलेजमा जुनियर चिकित्सकहरुमाथि आक्रमण भएको थियो । ममताले चाहिँ यसलाई भारतीय जनता पार्टीको षडयन्त्र भएको बताएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*