ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेको बयान सुरु

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १८:१२

काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध बालगृहमा राखिएका बालबालिकामाथि अनुचित व्यवहार गरेको तथा बालगृहमा रहेका बालबालिकाका अभिभावकलाई ठगी गरेको अभियोजनसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

महान्यायाधिवक्ता दीपक भट्टराईको इजलासमा उनको बयान सुरु भएको हो । उनको थुनछेक बहस आउँदो आइतबार हुनेछ । उनलाई मुलकी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गत् सजाय गर्न माग गरिएको छ । उक्त प्रावधानअनुसार दोषी प्रमाणित भएमा ७ वर्षको कैद, ७० हजार जरिवाना र क्षतिपूर्तिवापत १२ लाख ५० हजार रुपैयाँ असुल गर्नुपर्नेछ । यस्तै, बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार ५० हजार जरिवाना र एक वर्षको थप कैद हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*