नेपाल र युएईबीच श्रम समझदारी, नेपालीलाई विभेद गर्न नपाइने, अन्य विदेशीसरह सेवा सुविधा

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १८:११

स्वीजरल्याण्डको जेनेभामा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रवार जेनेभामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका समकक्षी नासिर विन थानीबीच श्रम सम्झौतामा हस्ताक्षर भएको हो ।
मन्त्री बिष्ट र युएईका समकक्षी थानी दुवै अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्न जेनेभामा पुगेका थिए । यसअघि सन् २००७ मा भएको द्वीपक्षीय श्रम सम्झौतालाई शुक्रवार भएको सम्झौताले विस्थापन गरेको छ । सम्झौतामा युएई जाने कामदारले कुनै शूल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ । नेपाली कामदारलाई युएई लैजाने खर्च सबै रोजगारदाता कम्पनीकै भएको बताइएको छ । तर म्यानपावर कम्पनीको सेवा शूल्क आपसी समझदारीमा तय गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*