विदेश अध्ययनमा कडाइ : विद्यार्थी आक्रोशित

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १७:५०

काठमाडौं, जेठ ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि तीन वर्षसम्मको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका छन् । एसइईपछि डिप्लोमा पढ्न जान तयार भएका विद्यार्थीलाई समस्या भएको हो ।

उच्चशिक्षा पढ्न जाने विद्यार्थीका लागिमात्र वैदेशिक शिक्षाका लागि अनुमतिपत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय भएसँगै त्यसको विरोध सुरु भएको हो । १२ कक्षा पास गरेका विद्यार्थीलेमात्र नो अब्जेक्सन लेटर पाउने व्यवस्था कायम गरेपछि विद्यार्थीहरुले विरोध गरेका छन् । एसइई उत्तीर्णपछि डिप्लोमा, भाषा र तालिमका लागि बाहिर जाने विद्यार्थीलाई सरकारले रोकेको हो । सरकारको यस्तो प्रावधानले विदेश जाने तयारी गरिरहेका विद्यार्थी मारमा परेका छन् । १२ कक्षासम्मलाई माध्यमिक शिक्षाभित्र नै राखिएका कारण सरकारले उच्चशिक्षा पढ्नमात्र बाहिर जान पाउने व्यवस्था ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*