ओमानको गल्फमा तेल ट्यांकरमाथि आक्रमण, इरानमाथि आरोप

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार ०६:५४

ओमानको गल्फमा तेलका दुई ट्यांकरमाथि आक्रमण भएको छ । बिना कुनै उक्साहट भएको आक्रमणमा इरान जिम्मेवार रहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको प्रष्ट आरोप लगाएका हुन् । तेलका दुई ठूला समुद्री ट्यांकरमा स्थानीय समय अनुसार बिहीबार बिहान बिस्फोट भएको हो । इरानका एक उच्च अधिकारीले घटनामा आफ्नो संलग्नता वा सम्बन्ध नरहेको दाबी गरेको बिबिसीले जनाएको छ । जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो ।

घटना लगत्तै ट्यांकरमा रहेको क्र्यू मेम्बरलाई उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवै उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ क्र्यू मेम्बरलाई उद्धार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*