गिरिजा अधिकारीको प्रस्तुतीमा देबेन्द्र कार्कीले ल्याए ‘ए सरकार २’

हेर्नुहोस् भिडियो ।
हेटौंडा । गीतकार, साहित्यकार एवं चर्चित पत्रकार गरिजा अधिकारीको ‘ ए सरकार २’ आज रिलिज भएको छ । ‘ए सरकार’ नामक गीतले उत्कृष्ठ सफलता प्राप्त गरेपछि ‘ए सरकार २ ’ को म्युजिक पनि तयार पारिएको हो । भीमफेदी गाईजको आधिकारीक यूटुब च्यानलबाट सो भिडियो भर्खरै सार्वजनिक गरिएको छ ।
रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार २ ’ मा उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यता, नागरिकलाई हातमुख जोड्न कठिन भएको अवस्था, समाजमा भएका बेतिथि र सरकारको सुस्तताको विषयलाई समेटिएको छ ।
उनको चर्चित ‘ ए सरकार’ नामक गीतमा पुस्पन प्रधानले आवज दिएका छन् भने आज रिलिज भएको ‘ ए सरकार २ ’ मा गायक देवेन्द्र कार्कीले आवाज दिएका छन् । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका हुन् । रिकेश गुरुङ ‘कि’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।
निर्मल लामा बिजीको निर्देशनमा उक्त म्यूजिक भिडियो बनेको हो ।