भारतमा शक्तिशाली चक्रवात ‘वायु’, नेपालीहरुलाई सतर्क र सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

एजेन्सी । शक्तिशाली चक्रवात ‘वायु’ भारतको गुजरातमा आउने भनेपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले गुजरातमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
खबर अनुसार दूतावासले आपत्कालीन उद्धारको लागि उद्धार टोलीसमेत तयारी अवस्थामा राखिसकेका छन् । चक्रवात वायु आउने भनिएको गुजरातमा ठूलौ संख्यामा नेपालीहरुको बसोबास रहेका छन् । दूतावासले उनीहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताइएको छ।
चक्रवात वायु आउने भएपछि भारत सरकारले गुजरातमा रहेका ६० लाख मानीस प्रभावित हुने जनाइएकाे छ।