न्युयोर्क सिटीको गगनचुम्बी भवनमा हेलिकप्टर दुर्घटना

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०६:२७

अमेरिकाको न्युयोर्क सिटीमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका पाइलटको ज्यान गएको छ । म्यानहटन स्थित गगनचुम्बी भवनको छतमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हो । घटनाका कारण भवनको माथिल्लो भागमा आगलागी भएको थियो । तर तत्काल अग्निनियन्त्रकले निभाए । भवनबाट केही कामदारलाई बाहिर निकालियो ।

घटनामा कोही पनि घाइते नभएको न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले बताएका छन् । टाइम्स स्क्वायर नजिकै रहेको भवनमा घटना भएको हो । म्यानहटनमा विमान दुर्घटना भयो भन्दा त्यसले सन् २००१ को सेप्टेम्बर ११ मा ट्वीन टावरमा भएको आक्रमणको स्मरण पनि गराएको न्युयोर्कले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*