पिरान्हा माछाको ट्यांकभित्र थुनेर सेनाको हत्या गरे किमले

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना एक सैन्य अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन्।पिरान्हा माछा विश्वमा एक आक्रमक माछाको रुपमा चिनिन्छ। यसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने बताइन्छ। डेली स्टारका अनुसार ती सैन्य अधिकारीलाई किमविरुद्ध षड्यन्त्र रचेर देशमा सैन्य कु गर्ने योजना बनाएको आरोप लागेको थियो। जब किमले यसबारे थाहा पाए उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए।
ट्यांकभित्र फाल्नु अगाडि किमका सहयोगीले ती सेनालाई घाइते बनाएका थिए। पछि माछाले उनको शरीरलाई खाएको बताइएको छ। डेली स्टारका अनुसार किम सन् १९६५मा प्रदर्शन भएको जेम्स बोन्डको चलचित्र ‘यु अन्ली लिभ ट्वाइस’ चलचित्रबाट प्रभावित भएका हुन्। त्यस चलचित्रमा समेत खलनायकको घरमा पिरान्हा माछाले भरिएको स्विमिङ पुल हुन्छ। जसलाई उनले हत्या गर्न प्रयोग गरेका हुन्छन्। एजेन्सी