एन्डी रुइज र जोसुवाको रिम्याच हुने

जनपत्र
२२ जेष्ठ २०७६, बुधबार १७:४९

मेक्सिकन बस्कर एन्डी रुइज र एन्थोनी जोसुवाबीच रिम्याच हुने भएको छ। गत शनिबार मात्र आइबिएफ, डब्लुबिओ र डब्लुबिओ वल्र्ड हेभिवेट च्याम्पियनका विजेता बनिसकेका बेलायतका जोसुवालाई अन्डरडग एन्डी रुइजे सातौं राउन्डमा नकआउट गरेका थिए।

यो अपत्यारिलो जित थियो किनभने जोसुवा विश्व च्याम्पियन हुन्। मानिसहरुले अपत्यारिलो हार भनिरहँदा जोसुवाले रुइज साँच्चै राम्रो बक्सर भएको वताएका थिए।लगातार २१ व्यावसायिक बक्सिङपछि जोसुवा रुइजसँग पहिलोपटक पराजित भएका थिए। यससँगै रुइज हाल विश्व च्याम्पियन हुन्।

Image result for andy ruiz

मंगलबार जोसुवाका प्रशिक्षक तथा व्यवस्थापन टोलीका सदस्य रोब बमक्र्याकनले जोसुवा र रुइजबीच पुन: खेल हुने पुष्टि गरे। उनले ट्वीटरमा एन्डी रुइजसँगको छलफलपछि रि म्याच गर्ने तय भएको बताएका छन्। रुइज सन् २०१२ को लन्ड ओलम्पिक बक्सिङका च्याम्पियन हुन्। दुबैबीचको रिम्याच बेलायतमा नोभेम्बर अथवा डिसेम्बर महिनामा हुने बताइएको छ। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*