प्रदेश ३ सेमिफाइनलमा प्रवेश

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:१०

काठमाडौं- प्रदेश नम्बर ३ धानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश ३ ले सुदुरपश्चिमलाई ६ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४५.१ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि खड्क बोहराले सर्वाधिक ४० रन बनाए । रोशन अधिकारीले २७, नरेश बोहराले २६ र कप्तान शेर मल्लले १४ रन बनाए । बलिङमा प्रदेश ३ का सुर्य तामाङले तीन विकेट लिए । प्रतिष जिसी र जितेन्द्र ठकुरीले दुई दुई विकेट लिए । नन्दन यादव र कप्तान पारस खड्काले एक एक विकेट लिएको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*