क्रिकेटका नयाँ प्रशिक्षक उमेश पटवाल र राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकका रुपमा नेपाल आएका उमेश पटवालले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसीसीले पटवाललाई एक बर्षका लागि नेपालको प्रशिक्षकका रुपमा नेपाल पठाएको हो ।
पटवालसँग परिषद्ले शुक्रबार नै आधिकारिक सम्झौता गर्ने बताए पनि अन्तिम समयमा समन्वय नगरेको भन्दै परिषद्ले कार्यक्रम नै बहिस्कार गरेको थियो । सदस्यसचिवले कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का समन्वय समिति र प्रशिक्षक जगत टमाटासँग सल्लाह नगरी गरेको भन्दै उपस्थित हुनुभएकाे थिएन । साथै उहाँले नेपाल आएपछि प्रशिक्षक पटवालले परिषदमा आएर उपस्थिति जनाउनु पर्ने कि परिषद्ले खोज्ने भन्दै प्रश्न गर्नुभएकाे थियाे ।
तर शनिबार भने परिषद्ले पटवालसँग सम्झौता गरेर जुन १० तारिखबाट काम गराउन लगाएको छ ।