गायिका रमिला न्यौपानेको नयाँ लोकदोहोरी गीत ‘बाडुल्की’ सार्वजनिक

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०६:३१

चर्चित गायिका रमिला न्यौपानेको नयाँ लोकदोहोरी गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । तिर्सना म्युजिकले निर्माण गरेको गीतलाई शनिबार सार्वजनिक गरिएको हो  । गीतमा खुमन अधिकारी र रमिला न्यौपानेले आवाज दिएका छन् । संगीत पनि खुमन अभिकारीकै छ भने शब्द सिर्जना बाबुराम बोहोराले गरेका हुन् ।प्रेम प्रसङ्गमा आधारित उक्त गीतको निर्देशन प्रकाश भट्टले गरेका छन् । अनु पराजुली र खुमन अधिकारीले अभिनय गरेको दृश्यलाई राजेश घिमिरेले खिचेका हुन् । दृश्य सम्पादन बिष्णु शर्माले सम्पादन गरेका छन्  ।
दुई सय गीतमा आवाज दिइसकेकी गायिका न्यौपानेले केही समयको अन्तरालपछि बाडुल्की गीत सार्वजनिक भएको बताइन् । न्यौपानेले बाडुल्कीले राम्रो चर्चा पाउने विश्वास व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘केही समयको अन्तरालपछि बल्ल आज सार्वजनिक भयो । राम्रो चर्चा पाउँछ भन्ने विश्वास छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*