अमेरिकाको भिसा आवेदकले सामाजिक सञ्जालको विस्तृत विवरण पनि पेश गर्नुपर्ने

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०६:२७

अमेरिकाले आफ्नो भिसा नीतिमा परिवर्तन गर्दै त्यहाँको भिसा आवेदन दिनेहरुले सामाजिक सञ्जालको विस्तृत विवरण पनि पेश गर्नुपर्ने व्यवस्था लागु गर्ने भएको छ। राज्य विभागको नियमले मानिसहरुले भिसा आवेदन दिँदा सामाजिक सञ्जालको नाम र पाँच वर्षअघि सम्म प्रयोग गरिएका इमेल तथा फोन नम्बर पनि उपलब्ध गराउँनुपर्ने व्यवस्था लागु गर्न लागेको हो।
यो नियम निकट भविष्यमै लागु गरिने त्यहाँका अधिकारीहरुले जनाएका छन्। गतवर्ष नै यो नियम लागु गर्ने प्रस्ताव गरिदा यसबाट १४.७ मिलियन मानिसहरु वार्षिक रुपमा प्रभावित हुने मानिएको थियो। कुटनीतिक तथा आधिकारिक भिसा आवेदनहरुलाई छुट दिइए पनि अमेरिकामा अध्ययन तथा कामका लागि आउँने सबैले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण दिनु पर्ने व्यवस्था गरिन लागिएको हो।
अमेरिकी अधिकारीहरुले त्यहाँ हुने अपराधिक क्रियाकलाप रोक्न तथा अमेरिकी नागरिकको सुरक्षाका लागि यो नियम लागु गर्न लागिएको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले २०१८ को मार्चमा नै यो नियमको प्रस्ताव गरेको थियो। तर, सरोकारवालाले सामाजिक सञ्जालको डाटा राख्दैमा अपराधिक कृयाकलाप रोकिनेमा कुनै ग्यारेन्टी नहुने भन्दै यसको विरोध गरेका थिए। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*