आयुष्मान र प्रियंकाको प्रेम ‘प्रेम दिवस’मा

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार ०६:३४

फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज भएको छ । सुरज तामाङ र आरएर सिंहले आवाज दिएको यो गीतमा सन्तोष पोखरेको शब्द रहेको छ । भने करण राज कार्कीले संगीत भरका छन् । ‘प्रेम दिवस’ फिल्मलाई योगश घिमिरेले निर्देशण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने रहेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका छन् ।
प्रियंक र आयुष्मानसंगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्ममा जेठ ३१ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*