नेपाली फुटबल टोली मलेसियातर्फ

काठमाडौं-दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली फुटबल टोली बिहिबार मलेसिया प्रस्थान गरेको छ । नेपालले जुन २ तारिख मलेसिया र जुन ६ तारिख चाईनिज ताइपेईसँग उसैको मैदानमा मैत्री खेल खेल्दैछ । विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली बिहिबारनै मलेसिया प्रस्थान गरेको हो । नेपाली टोली मलेसियामा खेलेर उतैबाट चाईनिज ताइपेई जानेछ । टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए ।