यो पटक मदन भण्डारीलाई संझदा

केदार न्यौपाने (बिचार)
१६ जेष्ठ २०७६, बिहीबार १६:२५

१. ०७६ साल जेष्ठ ०३ गते मदन आश्रित स्मृति दिवस यो पटक हेटौडामा मनाइयो । आयोजक रहयो मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस एकेडेमी पनि अर्को आयोजक बन्यो । तीनवटा कार्यक्रममा सहभागि हुने मौका मिल्यो । पहिलो शहिद स्मारकमा श्रद्धान्जली , दोश्रो ः दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रयस्थल रातोमाटेमा सहयोग हस्तान्तरण र तेश्रो ः कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदान विषयक विचार गोष्ठि होटल लिडो ।

२. वास्तवमा मदन भण्डारी र जीवराज आश्रित एक अर्काका पुरक जस्तो हुनुहुन्थ्यो । मदन विचारक सिद्धान्तकार र जीवराज सिद्धान्त कार्यान्वयनको कुशल संगठक । सुदृढ संगठनको अभावमा विचार कार्यान्वयन हुदैन, सहि सिद्धान्तको अभावमा संगठनले बाटै देख्दैन । यसैकारण एक अर्काको पुरक । संयोगसंगै हिडनु भयो , संगै मारिनु भयो । जीवनदेखी मृत्युसम्म संगै ।

३. आज हामी राजनीतिको जुन उचाइमा आएका छौ मदन भण्डारीको सान्दर्भिकता अरु खडकिएको छ । कम्युनिष्ट पार्टी मुलुकको सबभन्दा बलियो पार्टीको रुपमा उदय भएको छ , लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ र त्यसको नेतृत्व कम्युनिष्ट पार्टीको हातमा आएको छ , लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ विकसित गर्दै समाजवादको गन्तव्यमा अघि बढने मार्ग प्रशस्त भएको छ ।

यो विलकुलै नयाँ तर अनुकुल परिस्थित हो । यो परिस्थितिमा स्वयं व्यवहारले नयाँ प्रश्नहरु खडा गरेको छ र नीतिगत तथा सैद्धान्तिक उत्तरहरुसंगै अघि बढनु पर्ने आवश्यकता पैदा भएको छ । यस्तो अवस्थामा मदन भण्डारीका दृष्टिकोण र आचरणहरुबाट निर्देशित हुन अरु जरुरी भएको छ । यसको अर्थ हो मदन भण्डारीबाट सिक्नु ।

४. सिकाइका तीनवटा कोण छन ः एक ः महान व्यक्तिबाट सिक्न सकिन्न भन्ने , दुई ः विद्धता प्र्रदर्शन गर्न सुत्रहरु कण्ठ गर्ने र तीन ः आफूलाई रुपान्तरण गर्दै समाजमा योगदान पु¥याउने भाव राख्ने । महान व्यक्तिहरुबाट सिक्न सकिन्न भन्ने सोच भाग्यवादको कोणबाट आएको हो । व्यक्ति जन्मदै महान र निमुखा हुन्छन यो भाविको खेल हो, निमुखाहरु म्हान हुन खोज्नु सो¥है आना बेकार हो भन्ने सोचले महानहरुसंग आतंकित बनाउने र दुरी बडाउने । यो गलत हो । हर स्वस्थ्य व्यक्ति एउटै हो । प्रयत्न, परिवेशले महान या निमुखा बनाउने हो ।

विद्धता प्रदर्शन गर्न, धाक लगाउन, आफूलाई विशेष ठान्न सुत्रहरु क्ण्ठ गर्ने र रवाफ जमाउने सोच व्यक्तिवादि सामन्ति सोच हो । हाम्रो लागी व्यवहारबाट अलग्गिएको यो विद्धता, यो कोण अर्थहिन कोण हो । व्यवहारमा प्रयोग गर्दै आफूलाई रुपान्तरण गर्ने र सिद्धान्तलाई समृद्ध बनाउने कोण नै सिकाईको सहि कोण हो । व्यवहार सिद्धान्त–सिद्धान्त व्यवहार को तरिका नै सबै महान नेताहरुबाट सिक्ने सहि तरिका हो । जननेता मदन भण्डारी हामीले सिक्ने तरिका पनि यहि हो । आफूलाई रुपान्तरण गर्न सिक्ने । महान व्यक्तिहरुबाट सिक्न सकिन्छ सिकाइको अर्थ आत्मरुपान्तरण हुन्छ – यहि हो सहि दृष्टिकोण ।

५ . सचाइका दुइवटा पक्ष हुन्छन एउटा विशिष्ट सचाई र अर्को सार्वभौमिक सचाइ । विशिष्ट सचाइ समय सापेक्ष, स्थान सापेक्ष हुन्छ । हिजोको सत्य आज पुरानो सत्य हुनसक्छ , एक ठाउँको सत्य अर्को ठाउँमा असत्य हुनसक्छ । हिजोको सत्य आजको पनि सत्य एक ठाउँको सत्य अर्को ठाउँको पनि सत्य चाहिँ सार्वभौमिक सचाइ हुन्छ । हामीले सिक्दा सचाइलाई ग्रहणगर्दा स्वयंमले गर्नुपर्ने मुख्य कुरा यो पनि हो । यो कुरा नबुझ्दा हामी पुस्तक पन्थि या जडवादी हुन्छौ ।

त्यसकारण ती कुराहरु हामीलाई बढता काम लाग्ने हुन्छन जो शास्वत छन । अरु कुरा अनुभवको लागी मात्र हुन्छन । जननेता मदन भण्डारी सिकिरहँदा पनि हामीले ध्यान दिनु पर्ने कुरा हो यो। मदन भण्डारीबाट त्यहि कुरा सिकौँ जो सार्वभौमिक छन र जसले हामीलाई बाटो विराउँदा, नयाँ परिस्थितिमा अलमलिदा, बाटो पहिल्याउन मद्दत गर्छन ।

६. कुन कुराले मदन भण्डारीलाई कुशल संगठक बनायो, सिद्धान्तकार बनायो, लोकप्रिय जननेता बनायो, दृढ र क्षमतासिल बनायो सिक्ने कुरा यहि हो । पहिलो कुरा ः वहाँ साँचो द्धन्द्धवादी भौतिकवादी हुनुहुन्थ्यो । वहाँको लागी द्धन्द्धवाद कण्ठ गर्ने सुत्र थिएन जीवनको बाटो देखाउने दृष्टिकोण थियो । वहाँको लागी भौतिकवाद बन्द कोठरीको विषय थिएन , सर्वत्र जिवन थियो । यहि कारणले वहाँ आफूमाथी विश्वास गर्नु हुन्थ्यो आफ्ने दिमाग परिचालन गर्नुहुन्थ्यो । सबैको कुरा सन्ने, तथ्यहरु बटुल्ने र आफ्नै दिमागले बोल्ने नबहकिने , व्यक्तित्व हुनुहुन्थ्यो । यहि कारणले वहाँ घटनालाई दुइपक्षिय ढंगले बुझ्ने र विश्लेषण गर्ने गर्नु हुन्थ्यो ।

सिद्धान्तमा द्धन्द्धात्मक भौतिकवाद व्यवहारमा आदर्शवाद अहिले हाम्रो वैचारिक समस्या नै हो । त्यहिकारण घटनाको द्धिपक्षीय समग्र विश्लेषणमा कम ध्यान दिने, एकपक्षिय सुचनाको आधारमा निश्कर्ष निकाल्ने, मनोगत आग्रहमा फैसलाहरु गर्ने, घटनाहरुलाई परिवर्तनको आधारमा होइन जडता र निरपेक्षताको आधारमा बुझ्न आफूलाई हेरेर मापदण्डहरु तय गर्ने, आवेश आक्रोश या खुसीका आधारमा धारणाहरु बनाउने जस्ता प्रकृतिहरु प्रकट हुनेगर्छन । तीते करेलो तीते करेलै हो , तपाई रिसाउदा त्यो तीतो हुने र खुसी हुँदा गुलियो हुने त होइन । चिनि चिनि नै हो तपाईलाई मन नपर्दा त्यो तीतो हुने त होइन ।

निर्णयको आधार आवेग या खुसीलाई बनायौँ भने वस्तु जेहो त्यहि रुपमा बुझ्न सकिन्न । तपाईलार्ई मन पर्दा त्यहि मान्छे महामानव, इमान्दार हुने मन नपर्दा डाका, फटाहा, बेइमान हुने त होइन । तथ्य जे हो त्यहि हुन्छ । तपाईले भन्दा एउटा हो नभन्दा अर्को हुने कुरा हुदैन । यी तमाम उदाहरणहरुको अर्थ के हो भने व्यवहारमै द्धन्द्धात्मक भौतिकवाद नहुँदा मनोगत आग्रहि हुँदा धेरै कुराहरु उल्टापाल्टा हुन्छन । हामी वीच यस्तै हुने गरेको छ । त्यसकारण जननेता मदन भण्डारीसंग सिक्ने प्राथमिक कुरा नै यहि हो “हामी व्यवहार मै यथार्थवादि बनौँ ”। यसो गर्दा धेरै कुराहरु सुल्झिन्छ ।

दोश्रो कुरा ः वहाँ सत्यको पक्षमा उभिने आँट गर्न हुन्थ्यो । एउटा नेताको निम्ति यो धेरै महत्वपुर्ण र आदरणीय चरित्र हो । अडिने हठि हुने ठूलो कुरा होइन के मा अडिने भन्ने कुरा ठूलो हो । असत्यमा अडिने, भ्रम र भ्रान्तिमा अडिने, सहि या गलत पत्तै नपाई गंजागोलमा अडिने तथा कुरा फेर्दा सानु हुइन्छ कि भनेर नीजि शान वधार्न अडिनेहरुको संख्या संसारमा अनगिन्ती छ तर सत्य थाहा पाउने र थाहा पाएको सत्यमा अडिने व्यक्तिहरुको संख्या दुर्लभ नै हुन्छ । यसको मतलब के पनि हो भने आफूले बुझेको सत्य जब असत्य भन्ने लाग्छ त्यसलाई चटक्क छोड्ने र सत्य जे हो त्यसैमा अडिने भन्ने नै हो ।

०४६ सालको जनआन्दोलन पछि पार्टिमा एउटा बहस चल्यो पार्टीलाई भूमिगत नै राख्ने कि खुल्ला गर्ने ? त्यो बेलाको परिस्थितिमा यो बहस अत्यन्त महत्वपूर्ण र पार्टीको लागी जीवन मरणको बहस थियो । हामी धेरै केन्द्रिय सदस्यहरु त्यो बेला पार्टी खुल्ला गर्नु हुन्न भन्ने पक्षमा थियौँ । हामीलाई लाग्थ्यो .खुला गर्दा पार्टी विर्सजन हुन्छ । कार्यकर्ताको ठूलो पंक्ति पनि हाम्रै पक्षमा थियो । दबाब ठूलो थियो । मदन भण्डारी पार्टीलाई भुमिगत राख्नु हुन्न खुलेर जनतामाझ जानुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । सचाइको अगाडी कार्यकर्ताको दबाब जतिसुकै ठूलो होस त्यो गौण हो भन्नु भयो वहाँले ।

“कन्भिन्स गर्न सकिन्छ र म गर्छु । ” बागबजारमा बैठकमा दृढता पूर्वक उभिनु भएको म संझन्छु । पार्टी कार्यलयमा दबाब दिन आएको अत्यन्त ठूलो भीडलाई बाहिर निस्किएर जब वहाँले आफ्नो अडानबारे सम्बोधन गर्नु भयो सबैले समर्थनमा ताली बजाए । पार्टी खुला हुने निर्णय भयो । जब सत्य र असत्यको वीचमा द्धन्द्ध हुन्छ मदन भण्डारी सधै असत्यको विपक्षमा नै उभिनु हुन्थ्यो । “आफ्नो खास र विशेष भनिने मान्छेहरुले गरेको व्यवहार असत्यनै भए पनि ढाक छोप गरिदिउँ र त्यस्ता विशेषहरुको छाता बनि दिउँ भन्ने भावना मदन भण्डारीमा आएको कहिल्यै महसुुस भएन ”।

तेश्रो कुरा ः मदन भण्डारीमा वर्गिय पक्षधरता धेरै वलियो थियो । सैद्धान्तिक रुपले कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवि जनताको वर्गिय पार्टी हुनुको नाताले त्यसको एउटा शिर्ष नेता त्यो वर्गको पक्षमा औपचारिक रुपले उभिनु स्वभाविक हो तर ह्दयदेखीको स्वभाविक आचरण अर्कै कुरा हो । मदन भण्डारीमा यो आचरण थियो । पार्टीभीत्र कार्यकर्ताहरुसंग गर्ने व्यवहारमा आम मानिसहरुसंग भेटघाट गर्दाको क्षणहरुमा यो कुराको अनुभुति हुन्थ्यो । कार्यकर्ताको घरको परिस्थितिबारे जानकारी लिने, कठिनाईमा सहयोग पु¥याउने भाव राख्ने, निम्न वर्गबाट आएका साथीहरुप्रति विशेष चासो राखेर उनीहरुलाई विकसित गर्ने र टिकाउने दृष्टिकोण मदन भण्डारीमा पाइन्थ्यो । “ आधारभूत वर्गबाट आएका कार्यकर्ताहरुलाई टिकाउन र विकास गर्न सकियो भने मात्र पार्टीको वर्ग चरित्रलाई कायम राख्न सकिन्छ ” भन्नु भएको कुरा आफैले धेरै पटक सुनेको छु । सभा र भेलाहरुमा वर्गिय पक्षधरताका शानदार भाषणहरु गर्ने हिमचिम र संगतचाहिँ अति धनाढ्यहरुसंग घनिष्ठ बनाउने तरिका मदन भण्डारीमा नदेखिएको कुरा हो । यहि वर्ग चरित्रको कारणले नै निम्न वर्गबाट आएका कार्यकर्ताहरु आमजनताहरु बढ्ता आश्वास्त भए मदन भण्डारीप्रति ।

०४९ सालतिरको कुरो हो । मेरो पारिवारिक अवस्था अत्यन्त नाजुक बन्यो । मदन भण्डारीलाई यो कुरा थाहा थियो । वहाँले वर्तमान राष्ट्रपतिका सल्लाहकार सुशिल प्याकुरेलहरुले चलाउनु भएको मानव अधिकारवादी संस्था इन्सेकमा एक वर्ष जति गएर काम गर्ने सल्लाह दिनु भयो । मध्य पश्चिमान्चलका ग्रामिन क्षेत्रहरुमा मैले थोरै समय काम गरे र पार्टी काममा फर्किएँ । केहि कार्यकर्ताहरुमा पार्टी छोडेको भ्रम भयो र हल्ला पनि भयो त्यहि समयमा मदन भण्डारी नेपालगन्जको एउटा कार्यकर्ता भेलामा जानु भएको बेला मैले आफ्नो बारे भएको हल्लाको कुरा सुनाएँ र भने मलाई राम्रो लागेन । कार्यकर्ता भेलामा म पनि थिएँ । मदन भण्डारीले राष्ट्रिय परिषदको सदस्यको हैसियतले उदघोषकलाई मंचमा बोलाउन भन्नुभयो । उदघोषकले “राष्ट्रिय परिषदका सदस्य केदार न्यौपाने ” भनेर सम्बोधन गर्दै बोलाए पछि म मन्चमा गएँ । मदन भण्डारी मलाई हेरेर हास्नुभयो । कार्यकर्तालाई स्थापित गर्ने उहाँको तरिका देखेर म भावुक भएँ । आर्थिक हैसियत हुनेले काम गर्ने नभएको भाग्ने भन्ने वुर्जुवा दृष्टिकोण थिएन भण्डारीमा । त्यसपछि हल्ला नै सकियो ।

चौथो कुरा ः पार्टी निमार्णमा गुटबन्दि महारोग हो । गुटबन्दिको कुनै सैद्धान्तिक आधार हुदैन । पार्टी शक्तिलाई कब्जा गरेर आफ्नो दुनु सोझ्याउने र त्यसकोलागी इच्छा मिल्नेहरुको पंक्ति बनाएर गतिविधि गर्ने नै गुटबन्दिको उद्देश्य हो । पार्टी कमजोर हुदै जाने स्वार्थ मिल्ने झुण्डहरु बलशालि हुदै जाने र पार्टी लक्ष्यमा नुपुग्ने अवस्था पैदा हुन्छ गुटबन्दिले । सायद यसैकारण गुटबन्दिको सख्त खिलाफमा हुनुहुन्थ्यो मदन भण्डारी । पार्टीका बैठकहरुमा, कार्यक्रमहरुमा आफ्ना कुराहरु स्पष्ट राख्ने र सिंगो पार्टीलाई कन्भिन्स गर्ने प्रयत्न गर्ने शैलि थियो उहाँको ।

व्यक्तिका पाखुरा समातेर कान फुक्ने र आफ्नो विशेष मान्छे बनाउन खोज्ने अथवा एक अर्काको विरुद्ध जुधाएर पार्टीमा आफ्नो विशेष पंक्ति खडा गर्ने तरिका पनि उहाँमा देखिएन । भिन्न मत राख्नेहरुको सूचि बनाएर तीनलाई किनारा लाउने र टेढा नजरले हेरिरहने भन्दा बहस र छलफलद्धारा कन्भिन्स गरेर तीनलाई सहि ठाउँमा ल्याउन प्रयत्नशील रहने स्वभाव उहाँमा थियो । आम कार्यकर्ता पंक्ति मदन भण्डारीसंग ढुक्क र आश्वस्त देखिन्थ्यो । मदन भण्डारीबाट हामी संरक्षित छौ भन्ने एक खालको मनोविज्ञान थियो । कार्यकर्ताप्रति मदन भण्डारी मूल्याकंन निश्पक्ष र सहि हुन्छ काखा र पाखाको स्थिति हुदैन भन्ने बुझाइले मनोविज्ञान निर्माण भएको थियो । पार्टीलाई एकताबद्ध पार्न र गुटको होइन सिंगो पार्टीको नेता बन्ने मदन भण्डारीको यस्तो सोच र अनुकरणीय र महान सोच हो ।

पार्टी निर्माणमा वैचारिक कामलाई प्राथमिकता दिन उहाँको गंभिर सोच थियो । त्यसले के देखाउँछ भने कार्यकर्ताहरु या पार्टी पंक्ति विचारमा स्पष्ट भयो भने विचारको मार्गदर्शनमा के गर्ने र नगर्ने भन्ने कुरा आफै खुट्याउन थाल्छ र त्यो भरपर्दो र दिगो हुन्छ भन्ने उहाँ ठान्नु हुन्थ्यो । विचारमा अस्पष्ट हुने, तालमेल र व्यवस्थापनमा, हुकुम र निर्देशनमा संगठन चलाउन खोज्दा त्यो हर्दम समस्याग्रस्त नै भैरहन्छ । अनुभव भैरहेकै कुरा हो ।

पाचौ कुरा ः सादगी र पारदर्शिता उहाँको आचरण थियो । जनताभन्दा माथि कार्यकर्ताको आम पंक्तिभन्दा माथि विशेष बन्न र देखिन खोज्ने उहाँको कुनै लक्षण थिएन । खोपिको देउता नबन्ने र जनताबाट बारम्बार परिक्षित हुने । उहाँको सिद्धान्त उहाँको जीवन आचरणको अभिव्यक्ति या प्रतिविम्ब नै हो । उहाँ कहिल्यै रहस्यमय हुनु भएन र उहाँको व्यक्तिगत जीवनप्रति कहिल्यै प्रश्न उठेन । नेता या कार्यकर्ताहरु जनताले अध्ययन गर्ने खुला पुस्तक हुन जसलाई पढेर जनताले आफ्नो धारणा बनाउँछन भन्ने उहाँको सोच थियो । सादगी र पारदर्शिता यस्तो नैतिक हतियार हो जसलाई कसैले हटाउन सक्दैन किनकि जनता उसको साथमा हुन्छ भन्ने विश्वास मदन भण्डारीमा देखिन्छ । राज्य शक्ति भन्दा ठूलो बल हाम्रो नैतिकतामा हुन्छ जुन नैतिकता जनतालाई गोलबन्द गर्न ठूलो आधार बन्छ भन्ने ठान्नु हुन्थ्यो ।

२७ मई १९९१ मा अमेरिकि पत्रिका न्युजविकका पत्रकार माइकल लिटविनले मदन भण्डारीसंग एउटा अन्र्तवार्ता लिएका थिए । प्रश्न जनताको सरकारसंग सम्बन्धित थियो । यस्तो छ मदन भण्डारीको जबाफ ः “जनताको सरकारले शासन गरिरहेको बेला अनावश्यक प्रदर्शनहरु भई रहलान भन्ने मलाई लाग्दैन । हो कहिले काहिँ समाज विरोधी तत्वले समाजमा अस्थिरता पैदा गर्न कोशिस गर्छन । त्यस्ता तत्वहरुले अस्थिरता मच्चाउने कोशिस गर्दैमा राज्य शक्ति नै प्रयोग गर्नु पर्छ भन्ने केही छैन । हामी जनता परिचालित गरेर तीनलाई परास्त गर्ने छौ । हामी विरुद्ध उत्रनेहरुका बारेमा हामी जनतालाई जानकारी दिने छौ र जनतालाई नै आफ्नो ठाउँमा उभिन लगाउने छौँ । तर हामी राज्य शक्तिको प्रयोग गर्ने छैनौँ । ” यसले मदन भण्डारीमा रहेको जनताप्रतिको अपार विश्वासलाई प्रदर्शन गर्दछ । यो विश्वासको आधार तर्जुमा गरिएको नीति कायम राखिएको नैतिकताप्रतिको अगाध विश्वास नै हो । असल आचरणले शिर ठाडो हुन्छ । असल आचरण जनता जगाउने नैतिक बल बन्छ ।

मेरो बुझाइमा मूलभूत यिनै कुराहरु ह्ुन जसले मदन भण्डारीलाई आफूप्रति निष्ठावान बनायो । यिनै कुराहरु ह्ुन जसले मदन भण्डारीलाई वर्गिय समाजमा शोषित वर्गको पक्षमा उभिने योग्य शोषित वर्गको प्रतिनिधि बनायो । यिनै कुराहरु ह्ुन जसले मदन भण्डारीलाई आफ्ना पुराका पुरा क्षमता शोषित वर्गको पक्षमा प्रयोग गर्न जाँगर पैदा ग¥यो । यीनै कुराहरु ह्ुन जसले मदन भण्डारीलाई माक्र्सवादि सिद्धान्तको सार्वभौमिक सचाइलाई नेपाली भूमिमा लागु गर्ने सिर्जनात्मक सोच पैदा गरायो र सिद्धान्तकार बनायो । नेपाली क्रान्तिको सिद्धान्त जबजको प्रतिपादन सिर्जनात्मक क्षमताको उपज थियो । उहाँबाट सिक्ने गुदि कुरा सिद्धान्त जीवनका लागि हुन्छ भन्ने नै हो । जब जीवनले प्रश्न उठाउछँ सिद्धान्त परिमार्जन हुन्छ ।

लेखक केदार न्यौपाने नेकपाका केन्द्रिय सदस्य हुनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*