‘प्रेमगीत ३’ मा प्रदीपकी हिरोइन अञ्जली ?

जनपत्र
१६ जेष्ठ २०७६, बिहीबार ०७:००

सुपरहिट फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत ३’ को दशैंको आसपासबाट छायांकन सुरु हुँदैछ । निर्माण टिमले केही दिन अगाडि मात्र छायांकन गर्ने स्थल र स्क्रिप्ट लक गरेको छ । फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । भने, अभिनेता प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । यो फिल्मका लागि अहिले अभिनेत्री छनोटको काम भइरहेको छ ।
निर्माण कम्पनी आशुसेन फिल्मस्ले केही हप्ता अगाडि ‘गीत’ को भूमिकाका लागि अडिसन आह्वान गरेको थियो । फिल्ममा ‘गीत’ को भूमिका निभाउनका लागि २७ सयभन्दा बढी युवतीले आवदेन दिएको निर्माता सेन बताउँछन् । २७ सयबाट २५ जना फाइनल अडिसनका लागि छानिएका युवतीहरुमा नाम चलेका मोडलदेखि अभिनेत्रीसम्म छन् । उत्कृष्ट २५ मा छनोट भएका युवती मध्येबाट निर्माण टिमले एकलाई अभिनेता प्रदीप खड्काको अपोजिटमा चयन गर्नेछ । तर, अडिसन नहुँदै फिल्ममा चर्चित मोडल अञ्जली अधिकारी छानिएको गाइँगुइँ सुनिन थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*