सकियो ‘घामट शेरे’को छायांकन

जनपत्र
१६ जेष्ठ २०७६, बिहीबार ०७:००

रियल जोडी कलाकार एवम निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमाको प्रमुख भूमिका रहेको चलचित्र ‘घामट शेरे’को  छायांकन सम्पन्न भएको छ । चलचित्र रोमान्स र कमेडीको सम्मीश्ररणमा निर्माण भएको चलचित्र टिमले बताएको छ । पहिलो पटक स्वस्तिमा र निश्चलको फ्यानहरुले उनीहरुलाई पूरा चलचित्रमा एकसाथ देख्न पाउने भएका छन् । हेमराज विसीले निर्देशन गरेको घामट शेरे’को हाल सम्म सार्वजनिक भएका फोटोहरुलाई निहाल्ने हो भने चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान-श्रीमतीको भूमिकामा छन् । विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चल र स्वस्तिमा सँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । आउँदो असोज ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने ‘घामट शेरे’ नरेन्द्र मैनालीले खिचेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*