ब्रेट्लीको नजरमा भारतीय बलिङ सबैभन्दा खतरनाक

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार ०७:३४

अस्ट्रेलियाका पूर्व फास्ट बलर ब्रेट्लीले भारतीय बलिङ सबैभन्दा खतरनाक आक्रमण भएको बताएका छन्। ‘भारतसँग फास्ट बलरहरूको एउटा राम्रो युनिट छ। पहिलोपटक भारतसँग राम्रा गतिका बलर छन्। उनीहरूसँग मोहम्मद शमी तथा जसप्रीत बुमराहजस्ता बलरहरू छन्’, ब्रेटलीले भने। ब्रेट्लीले यस समय भारतसँग राम्रा बलर रहेकाले विश्वकपमा आफ्नो प्रभुत्व राम्रोगरी स्थापित गर्नेमा कुनै शंका रहेको पनि बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*