मेस्सी तथा बार्सिलोनाको सपना चकनाचुर, फाइनलमा स्तब्ध क्याटलान जाइन्ट

जनपत्र
१२ जेष्ठ २०७६, आईतवार ०६:१३

च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लिगमा ३–० को अग्रता लिएर पनि लिरभपुलसँग पराजित भएको बार्सिलोनाको त्यो पीडामा केही भए पनि राहत मिल्ने आश समाप्त भएको छ । मेस्सी तथा बार्सिलोनाले च्याम्पियन्स लिगबाट बाहिरिँदाको पीडामा घरेलु उपाधि थप गरेर मल्हम लगाउने सोचेका थिए, पूरा हुन पाएन ।
लियोनल मेस्सी कप्तानीको बार्सिलोनाको कोपा डेल रे फुटबलको उपाधि जित्ने सपना भ्यालेन्सियाले चकनाचुर पारेको हो ।ला लिगाको उपाधि जितेको बार्सिलोनाले शनिबार राति कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियाको सामना गरेको थियो । जसमा मेस्सी कप्तानीको बार्सिलोना पछि पर्‍यो ।

रियल बेटिसको मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–१ ले हारेको हो । भ्यालेन्सियाले पहलिो हाफमा नै दुई गोल गरेर अग्रता लिएको हो । उसका लागि २१ औँ मिनेटमा केविन गामेइरो र ३३ औँ मिनेटमा रोड्रिगोले गोल गरेका हुन् ।पहिलो हाफमा २–० ले पछि परेको बार्सिलोनाका लागि ७३ औँ मिनेटमा कप्तान मेस्सीले एक गोल फर्काए, तर त्यो गोल हार टार्न पर्याप्त भएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*