कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै

जनपत्र
५ मंसिर २०७८, आईतवार ११:५५

unn.prixa.net

काठमाण्डाै – कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

गएको वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यसपालि भने पर्यटक बढ्न थालेका छन् ।

कोभिड–१९का कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गएको महिनादेखि पर्यटकको चहलपहल सुरु भएको हो। कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधार क्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमा पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।

नेपालका विभिन्न जिल्ला गरी १०० जना आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जाँचचौकी कार्यालयले जनाएको छ ।  अमेरिका, फ्रान्स, जर्मन, लाचिया, ब्रिटिस र भारतलगायत देशबाट ६५ बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताउनुभयो ।

यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुई अमेरिकी आरोहीसहितको टोली करिब एक महिना आरोहणको प्रयासपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङतर्फ फर्किएकाे घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।

यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ पर्यटक ओलाङचुङगोलाबाट सङ्खुवासभाको सीमा क्षेत्र लुम्बासुम्बा हुँदै मकालु प्रवेश गरेको ओलाङचुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*