विश्व कप छनोटमा ह्यारी केनको ह्याट्रिकमा इङ्ग्ल्यान्डको फराकिलो जित

जनपत्र
२७ कार्तिक २०७८, शनिबार ०९:४४

unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्यान्डले फिफा विश्व कप कतार–२०२२ को युरोपियन छनोटमा अल्बानियालाई ५–० गोलले हराएको छ ।

कप्तान ह्यारी केनको ह्याट्रिकमा इङ्ग्ल्यान्डले अल्बानियालाई फराकिलो अन्तरले हराएको हो ।

वेम्बलीमा गएराति भएको खेलमा घरेलु टोलीका लागि केनले खेलको १८ औँ, ३३ औँ र पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । इङ्ग्ल्यान्डले ह्यारी मागुइरीले खेलको नवौँ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । त्यस्तै २८ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गरे ।

इङ्ग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अङ्कसहित शीर्षस्थानमा रहेको छ । इङ्ग्ल्यान्डलाई विश्व कपमा सोझै छनोट हुन एक अङ्क आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*